Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दलीय भ्रातृ संगठन खारेज गर्नुपर्ने सुमना श्रेष्ठको माग

दलीय भ्रातृ संगठन खारेज गर्नुपर्ने सुमना श्रेष्ठको माग

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वनेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठले विद्यार्थी, शिक्षक, प्राध्यापक र कर्मचारी प्रशासनमा रहेका दलीय भ्रातृ संगठनहरू तत्काल खारेज गर्नुपर्ने माग गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्ता संगठनहरूले पेशागत मर्यादा र विद्यार्थीको हकहितभन्दा बढी दलका नेताको अन्धभक्ति र बचाउमा काम गरेको आरोप लगाइन् ।

श्रेष्ठको टिप्पणी एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ का अभियन्ता सुदन गुरुङविरुद्ध दिएको किटानी जाहेरी सन्दर्भमा आएको हो ।

श्रेष्ठले विद्यार्थी संगठनहरूको दोहोरो चरित्रमाथि प्रश्न उठाउँदै लेखेकी छन् —'युनिफर्ममा भएको विद्यार्थीलाई गोली हान्यो, मतलब छैन विद्यार्थी संगठनलाई। तर गोली चलाउन आदेश दिने दलका नेतामाथि उजुरी पर्‍यो भने तुरुन्त जाइलाग्यो !'

उनले थप लेखेकी छन्, 'यसैले दलीय भ्रातृ संगठन — चाहे त्यो विद्यार्थीको होस्, प्राध्यापकको वा शिक्षकको — खारेज गर्नुपर्छ। सम्मानित पेशालाई सम्मानित रहन देऊ, विद्यार्थीलाई विद्यार्थी रहन देऊ।'

श्रेष्ठका अनुसार यस्ता संगठनहरूले शिक्षण पेशाको गरिमा घटाएका छन् र विद्यार्थीहरूलाई राजनीतिक स्वार्थमा प्रयोग गरिरहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077