Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवसरवादीको आरोप लागेपछि सुमना श्रेष्ठले लेखिन् कविता - ‘हो, म अवसरवादी हुँ’

अवसरवादीको आरोप लागेपछि सुमना श्रेष्ठले लेखिन् कविता - ‘हो, म अवसरवादी हुँ’

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी पूर्वमन्त्री सुमना श्रेष्ठले पछिल्ला आलोचनाप्रति कवितात्मक शैलीमा प्रतिक्रिया दिएकी छन् ।

‘उज्यालो नेपाल पार्टी’मा आवद्ध हुने चर्चा चले पनि अन्ततः नगएकी श्रेष्ठले आफूलाई लगाइएको ‘अवसरवादी’ भन्ने आरोपलाई कविता मार्फत प्रत्युत्तर दिएकी हुन् ।

श्रेष्ठले सार्वजनिक गरेकी ‘म अवसरवादी’ शीर्षकको कवितामा उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कविताबाट प्रेरणा लिएको उल्लेख गरेकी छन्।

कवितामा उनले व्यङ्ग्यात्मक ढङ्गले लेखेकी छन् —

“हो, म अवसरवादी हुँ,
जनताको पीडामा मलम लगाउन खोज्नु,
अन्धकारमा आशाको बत्ती बाल्न खोज्नु,
न्यायको बाटोमा सत्यको साथमा हिँड्नु,
अवसर हो भने, त्यो अवसर म रोज्छु।”

रास्वपाबाट अलग भएपछि उनी अन्य दलमा जाने वा स्वतन्त्र राजनीतिक यात्रा अघि बढाउने विषयमा चर्चा चलिरहेका बेला आएको यो कवितालाई विश्लेषकहरूले भावनात्मक र सन्देशपूर्ण राजनीतिक वक्तव्यका रूपमा लिएका छन्।

यस्तो छ उनको कवितास्

म अवसरवादी!

हो, म अवसरवादी हुँ,

जनताको पीडामा मलम लगाउन खोज्नु,

अन्धकारमा आशाको बत्ती बाल्न खोज्नु,

न्यायको बाटोमा सत्यको साथमा हिँड्नु,

अवसर हो भने, त्यो अवसर म रोज्छु१

हो, म अवसरवादी हुँ,

किनकि म सुशासन खोज्छु,

किनकि म विधिको शासनको सम्मान गर्छु,

किनकि मलाई जनताको आँसु सुकाउनु छ,

र मलाई थाहा छ,

यो परिवर्तनको घडी, कसैले रोकिदियो भने,

फेरि भ्रष्टहरूको दिन आउनेछ, सर्वत्र अँध्यारो छाउनेछ।

तिमीहरू मलाई हाँसोमा उडाउन सक्छौ,

“अवसरवादी !” भनेर चिच्याउन सक्छौ,

तर म मौन रहन्नँ,

किनभने मनौता पनि स्वीकृति हो।

मौनता पनि अपराध हो।

म अवसरवादी हुँ,

शब्दमा होइन, संकल्पको अर्थमा।

म चाहन्छु अवसर, देशलाई फेरि उठाउने,

युवालाई आस्था दिलाउने,

राजनीतिलाई जनसेवा बनाउने।

यदि सेवा गर्नु अपराध हो भने,

म त्यो अपराध स्वीकार्छु।

यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने,

म पागलपन स्वीकार्छु।

किनकि मैले देखेको छु,

बढ्दो भिडमा बारुदी आँखा,

लाचार आमा, रित्तो काँख

र मानेको छु-देश मरेको छैन,

देश त केवल निदाएको छ।

त्यसैले हो, म अवसरवादी हुँ,

सपनाको पुनर्जन्मको अवसर खोज्दै

जब एकदिन, यो देश बिउँझन्छ,

त्यो बिहानको घामसँगै

मेरो नाम “अवसरवादी” करार हुँदा पनि,

सबै भन्दा खुसी मै हुनेछु।

“अवसरवादी” सुमना श्रेष्ठ

(महाकवि लक्ष्मीप्रसाद देवकोटाको “पागल” कविताबाट प्रेरित)

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077