Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उम्मेदवारी दर्ताअघि कांग्रेस–सुमना वार्ता

उम्मेदवारी दर्ताअघि कांग्रेस–सुमना वार्ता

सोमवार , माघ ५, २०८२

काठमाडौं । पूर्व शिक्षामन्त्री तथा रास्वपाकी पूर्वनेतृ सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुन एक दिन मात्र बाँकी रहँदा उनी र गगन थापा नेतृत्वको नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टी प्रवेश वा सम्भावित चुनावी सहकार्यबारे छलफल भइरहेको हो।

सभापति गगन थापासहितका नेताहरूसँग भइरहेको उक्त संवाद कांग्रेसको उम्मेदवार छनोट रस्साकस्सीबीच अघि बढाइएको बताइएको छ।

गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइराला तीनै पक्षका सूची एक ठाउँमा राखेर उम्मेदवार टुंग्याउने काम भइरहेका बेला सुमनासँगको संवादले कांग्रेसभित्र थप तरंग ल्याएको छ।

सभापति थापानिकट एक नेताका अनुसार उम्मेदवारी दर्ता गर्ने अन्तिम समय नजिकिँदै गर्दा रास्वपाकी पूर्वनेतृ सुमना श्रेष्ठसँग छलफल भइरहेको कुरा पुष्टि भएको छ।

सुमनाले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि रास्वपा सभापति रवि लामिछानेको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी थिइन्। नख्खु कारागारबाट रवि लामिछाने ‘बलजफ्ती’ निस्किएको घटनामा समेत उनले गम्भीर आपत्ति जनाएकी थिइन्।

रास्वपा छाडेपछि उनी काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साहको समूहसँग निकट देखिएकी थिइन्। उनले ‘उज्यालो नेपाल’ का अध्यक्ष कुलमान घिसिङसँग पनि संवाद गरेकी थिइन्।

एक समय बालेन्द्रको समूहमा मिसिएर रास्वपामै फर्किने चर्चा चले पनि रवि लामिछानेले आफ्ना कट्टर आलोचक सुमनालाई स्वीकार नगरेपछि त्यो सम्भावना टुटेको बताइन्छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077