Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वकीय सचिव नियुक्तिप्रति सुमनाको कटाक्ष - अरूले गरे 'नेपोबेबी', आफूले गरे 'योगदानको कदर ?'

स्वकीय सचिव नियुक्तिप्रति सुमनाको कटाक्ष - अरूले गरे 'नेपोबेबी', आफूले गरे 'योगदानको कदर ?'

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा भएको नियुक्तिप्रति कडा आपत्ति जनाएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिव आदर्श श्रेष्ठलाई उक्त पदमा नियुक्त गरिएको विषयलाई लिएर प्रश्न उठाएकी हुन् ।

श्रेष्ठले यो निर्णय कसको हो, निर्णय गर्नेको कि गराइनेकोरु लेनदेन के छ ? भन्दै प्रश्न गरेकी छन्।

उनले भनिन्, 'यो निर्णय साँच्चै कसको हो-निर्णय गर्नेको कि गराइनेकोरु लेनदेन के छ ? पारस्परिक सम्बन्धमा के छ ?'

यस्तो छ उनको स्टाटस :

अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी  

आफूले गरे — “योगदानको कदर”।  

अरूले गरे — भागबन्डा

आफूले गरे — “जिम्मेवारी बाँडफाँड” !

अरूले गरे — “नुनको सोझो”, “सेटिंग”

आफूले गरे — “पारस्परिक सम्बन्ध” !

अरूले गरे — “जे कुरामा पनि विरोध”

आफूले गरे — “मिहीनररचनात्मक ख़बरदारी” !

अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन ?  

यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको ? लेनदेन के छ ? कयचचथ( पारस्परिक सम्बन्धमा के छ ?

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077