Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कृषि तथा पशुपालन क्षेत्रमा वर्षाले गरेको क्षतिको विवरण संकलन गरिँदै

कृषि तथा पशुपालन क्षेत्रमा वर्षाले गरेको क्षतिको विवरण संकलन गरिँदै

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालैको वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न शुरू गरेको छ ।

मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो ।

बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपन्क्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित किसानको अवस्थाबारे विवरण सङ्कलन गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित पालिकाको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन हुनेछ ।

बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनपछि तथ्याङ्कको आधारमा किसानले गरेको योगदानको मूल्याङ्कन गरी सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने भएको छ ।

मन्त्रालयले किसानले बाली तथा पशु धनमा बीमा गरेको भए त्यसको सहजीकरण मल, बीउ विजन, प्रविधि, प्राविधिक सिपलगायतमा सहयोग उपलब्ध गराउने तथा आवश्यकता भएको खण्डमा क्षतिपूर्ति समेत उपलब्ध गराउने जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077