Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लामो समयदेखि कार्यालयमा अनुपस्थित कृषि अर्थ विज्ञलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

लामो समयदेखि कार्यालयमा अनुपस्थित कृषि अर्थ विज्ञलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले मंगलबार एक सूचना प्रकाशित गर्दै कृषि अर्थ विज्ञ अनिषा गिरीसँग १५ दिने स्पष्टीकरण माग गरेको हो ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार, गिरी मिति २०८२ साल असार १ गतेदेखि लगातार ९० दिनभन्दा बढी समयसम्म बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा अनुपस्थित रहेकी छिन्।

बिदा स्वीकृत नगराई लामो समयसम्म कार्यालयमा उपस्थित नभएको भन्दै मन्त्रालयले निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले गिरीलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम सेवाबाट किन नहटाउने भनी प्रश्न गरेको छ।

मन्त्रालयको मंसिर १७ को सचिवस्तरीय निर्णयअनुसार, सजाय गर्न नपर्ने कुनै उचित आधार र कारण भए यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र सफाइ पेश गर्न निर्देशन दिइएको छ।

तोकिएको समयसीमाभित्र चित्तबुझ्दो जवाफ वा सफाइ पेश नगरेमा उनलाई कानुन बमोजिम सेवाबाट बर्खास्त गरिने प्रक्रिया अघि बढ्ने चेतावनी दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077