Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री ओली र प्रचण्डको सुरक्षामा कटौती, ६१ जना सुरक्षाकर्मी फिर्ता

पूर्वप्रधानमन्त्री ओली र प्रचण्डको सुरक्षामा कटौती, ६१ जना सुरक्षाकर्मी फिर्ता

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । सरकारले दुई पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्यामा व्यापक कटौती गरेको छ ।

गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको ठहर गर्दै उनीहरूको सुरक्षाबाट ६१ जना सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयका स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका २७ जना, र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ३४ जना सुरक्षाकर्मी फिर्ता गर्ने आदेश दिएका हुन्।

मन्त्रालयले सुरक्षासम्बन्धी मापदण्डअनुसार पूर्वप्रधानमन्त्रीलाई आवश्यकभन्दा बढी संख्या उपलब्ध गराइएको निष्कर्ष निकालेको हो।

सोही आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई सुरक्षाकर्मी फिर्ता बोलाउने निर्देशन दिएको बताइएको छ।

स्रोतका अनुसार गृह मन्त्रालयले हाल पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा रहेको संरचना पुनरावलोकन गरी "समान मापदण्डमा आधारित सुरक्षाको व्यवस्था" गर्ने तयारी पनि गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077