Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सरकारलाई युवा संघको २४ घण्टे अल्टिमेटम, निर्णय सच्याउन माग

सरकारलाई युवा संघको २४ घण्टे अल्टिमेटम, निर्णय सच्याउन माग

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

शनिबार आयोजना गर्ने भनिएको मोटरसाइकल र्‍यालीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोकेपछि शुक्रबार अपराह्न पत्रकार सम्मेलन गरेर युवा संघले निर्णय सच्याउन सरकारलाई २४ घण्टाको समय दिएको हो ।

संघका अध्यक्ष क्षितिज थेबेले विधिको शासन मान्ने पार्टीको कार्यकर्ता भएकाले शनिबारको प्रदर्शन रोकिएको बताए ।

तर, आउँदो आइतबार मोटसाइकल र्‍याली गर्ने वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

यस्तै युवा संघका इन्चार्ज राजीब पहारीले पहिलोपटक स्थगित भएको र्‍याली दोस्रोपटक नरोकिने चेतावनी दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077