Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सोनाम थेबे आफ्नो संगठनका कार्यकर्ता नभएको राष्ट्रिय युवा संघको दावी

सोनाम थेबे आफ्नो संगठनका कार्यकर्ता नभएको राष्ट्रिय युवा संघको दावी

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । राष्ट्रिय युवा संघले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउनेमा संलग्न भनेर पक्राउ परेका सोनम थेबे युवा संघको सदस्य भनी गरिएको प्रचारको खण्डन गरेको छ ।

युवा संघका प्रवक्ता निरोज पौडेलले वक्तव्य जारी गर्दै उनी राष्ट्रिय युवा संघको कुनै पनि तह वा जिम्मेवारीमा नरहेको प्रष्ट पारेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुक लेखेका छन्- 'नेपालमा गणतन्त्र स्थापनापछि नागरिकले अनेकौं अधिकार र स्वतन्त्रता प्राप्त गरेका छन्, जसमा वाक स्वतन्त्रता प्रमुख अधिकार हो। तर वाक स्वतन्त्रताको दुरुपयोग गर्दै तथ्यहीन प्रचार र अफवाह फैलाउनु कुनै पनि दृष्टिले स्वीकार्य हुन सक्दैन।हालै जेन्जी आन्दोलन सम्बन्धी घटनामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउने घटनासँग सम्बन्धित भई, सामाजिक सञ्जालमार्फत सोनाम थेबे राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता भएको भनी गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ। यस सन्दर्भमा स्पष्ट पार्न चाहन्छु कि सोनाम थेबे राष्ट्रिय युवा संघ नेपालको कुनै पनि तह वा जिम्मेवारीमा रहेका व्यक्ति होइनन्। यस प्रकारका भ्रामक, आधारहीन र गैरजिम्मेवार प्रचारप्रति घोर भर्त्सना गर्दै, यस्ता कार्यहरूले संस्था र व्यक्तिको छविमा नकारात्मक प्रभाव पार्ने हुँदा सम्पूर्ण पक्षहरूलाई जिम्मेवार र विवेकपूर्ण ढंगले प्रस्तुत हुन गम्भीर अनुरोध गर्दछु।'

उनी र उनको परिवार ताप्लेजुङमा पहिलेदेखि नै कांग्रेसमा क्रियाशील रहेको बताइएको छ ।

थेबे महाराजगन्ज, धुम्बाराही र कपन क्षेत्रका पटके अपराधी हुन् ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077