Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी, वार्तामा बस्न नपाएको गुनासो

शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी, वार्तामा बस्न नपाएको गुनासो

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएको भन्दै केहि युवाहरुले विरोध जनाएका छन् ।

र्ता गर्न सुदन गुरुङको टोलीमात्रै शितल निवास प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोध गरेका हुन् ।

उनीहरुले शीतल निवास अगाडि भेला भएर नाराबाजी समेत गरेका छन् । उनीहरुले आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरेका छन् । प्रहरीले सम्झाउँदा पनि शीतल निवास बाहिरका जेन जीहरु उफ्रिरहेका छन् ।

मन्त्रिपरिषद् विस्तार र आगामी निर्वाचनका सन्दर्भमा जेनजी युवा प्रतिनिधिहरुसँग छलफल आयोजना गरिएको हो ।

बैठकमा २० जनाभन्दा बढी जेनजी सहभागी भएको स्रोतले जनाएको छ ।

शीतल निवास छिर्न नपाएपछि बाहिरै बबाल

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077