Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘टीओबी’ विवादमा सुदन गुरुङको प्रतिक्रिया - हाम्रो आन्दोलनलाई बदनाम गर्न साइबर सेनाको खेल

‘टीओबी’ विवादमा सुदन गुरुङको प्रतिक्रिया - हाम्रो आन्दोलनलाई बदनाम गर्न साइबर सेनाको खेल

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङले आफ्नो आन्दोलनलाई फ्री–तिब्बत र विदेशी शक्तिसँग जोडेर बदनाम गर्ने नियोजित प्रयास भइरहेको आरोप लगाएका छन्।

शनिबार सामाजिक सञ्जालमा ‘टीओबी’ लेखिएको कालो टिसर्टको फोटो भाइरल भएपछि उनले फेसबुकमार्फत स्पष्टीकरण दिँदै आफू र आफ्नो अभियानमाथि नियोजित रूपमा ‘साइबर सेनाले भ्रम फैलाएको’ दाबी गरेका हुन् ।

गुरुङले भने-'अब अति भयो। यो खुट्टा तान्ने प्रवृत्ति हाम्रो समाजबाट कहिल्यै हटेन। अहिले हामीलाई बदनाम गर्न साइबर सेनाको नयाँ ट्रेन्ड आएको छ।'

भाइरल फोटोमा लेखिएको ‘टीओबी’ लाई टिबेटन ओरिजिन ब्रदरहुडका रूपमा व्याख्या गर्दै कतिपयले यसलाई फ्री–तिब्बत अभियानसँग सम्बन्धित भएको बताएका थिए । तर गुरुङले यो व्याख्या पूर्णतः गलत र नियोजित प्रचार भएको दाबी गर्दै यस्तो हल्ला फैलाउनेहरूलाई प्रमाणसहित चुनौती दिएका छन्।

'हामीलाई विदेशी आइएनजीओबाट एक डलर मात्र लिएको देखाउनुहोस्, एक रुपैयाँ मात्र देखाउनुहोस्,'गुरुङले भने,“हामीले एक रुपैयाँको पनि हिसाब राखेका छौं। भोलि ढड्डै पल्टाएर देखाइदिन्छौं।'

गुरुङका अनुसार, ‘हामी नेपाल’ कुनै एनजीओ नभई गैरनाफामुखी संस्था हो । उनले लेखेका छन्-'हामीलाई एनजीओ मन नपरेरै हामीले एनपीओ भनेर राखेका हौं। हामीले नगद होइन, जिन्सी सहयोगलाई प्राथमिकता दिएका छौं।'

गुरुङले आरोप लगाउनेहरूमाथि अब कानुनी कदम चाल्ने चेतावनी पनि दिएका छन्।

'अबदेखि फेक न्युज फैलाउने र हाम्रो आन्दोलनमा घुसपैठ गर्नेहरू विरुद्ध प्रमाणसहित उजुरी हाल्छौं। यदि हामी दोषी हौं भने हामीलाई कारबाही होस्, होइन भने उनीहरूलाई हुनुपर्‍यो,' उनले भने ।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई उनले ‘टिकटकमा ट्रेन्ड आयो भन्दैमा पत्याउन नहुने’ आग्रह गर्दै सत्य र झुट छुट्याउन आग्रह गरे।

'पढेलेखेका मान्छे हामी, के सत्य–झुट छुट्याउन सक्दैनौं ?', गुरुङले प्रश्न गर्दै भने, 'यो लडाइँ अन्तिम लडाइँ हो, हामी सबै मिलेर सत्यको पक्षमा उभिनुपर्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077