Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा पुष्करराज ओझा

कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा पुष्करराज ओझा

आइतवार , आश्विन २६, २०८२

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनमा पुष्करराज ओझा अध्यक्षमा निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै विजयी भएका हुन् ।

शनिबार सम्पन्न मतदानमा दुई हजार ३३५ मतदाता रहेकोमा एक हजार ९४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्यसहित कुल २२ पदका लागि ५० जनाले उम्मेदवारी दिएका थिए ।

ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव विजयी भएका छन् भने स्वाँर प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भए। उनले ओझा प्यानलका ओम बिष्टलाई पराजित गरे।
त्यस्तै, उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा ओझा प्यानलका गगनराज केसी, र वस्तुगत उपाध्यक्षमा ओझा प्यानलका भीमराज ओझा 'अब्बु' विजयी भएका छन्।

महासचिवमा ओझा प्यानलका दिनेश लम्सालले सुरेश पाण्डेलाई पराजित गर्दै विजय हासिल गरे । त्यस्तै, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द विजयी भए — दुवै स्वाँर प्यानलका उम्मेदवार हुन् ।

सदस्यतर्फ शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक विजयी भएका छन्।

May be an image of ticket stub and textMay be an illustration of ticket stub and text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077