काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ ।
कम्पनीले काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका डिपल, नामी र सेरेसका आधिकारिक सोरुमहरुमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु हो ।
एक सातासम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन नै ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको छ । पहिलो दिन आज ग्राहकहरु डिपल, अवतार, नामी र सेरेसका इभीहरुमा ग्राहक झुमिरहेका थिए ।
एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गर्ने सक्नेछन् ।
मेलाको अवसरमा ग्राहकहरुले डिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शिर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।
ग्राहकहरुले एक्सचेन्जमेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्ने कम्पनीले जनाएको छ ।
यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउने कम्पनीको भनाई छ । एमएडब्ल्यूका अनुसार निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् ।
त्यसैगरी यो कार्यक्रममा बुकिंग गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउने छन् ।
एक्सचेन्ज कार्निभलमा ग्राहकहरुले पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ ।
एमएडब्ल्यूका अनुसार काठमाडौंबाहेक नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुनेछ जहाँ ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउने छन् ।