Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक, २५६ फिट अग्लो टावरमा यसरी भयो अनावरण

यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक, २५६ फिट अग्लो टावरमा यसरी भयो अनावरण

सोमवार , चैत्र ९, २०८२

काठमाडौं । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ । 

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले काठमाडौंको कमलादीस्थित करिब ७८.५ मिटर (२५६ फिट) अग्लो स्काइ टावरमा एक कार्यक्रमको आयोजना गरी हाइब्रिड मोटरसाइकलको भव्य अनावरण गरेको हो । 

यसले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात गरेको कम्पनीको दावी छ । 

कम्पनीले एफजेड सिरिजबाट आएको हाइब्रिड मोटरसाइकलको अनावरण गरेको हो । यामाहाले प्रमाणित १४९ सीसी फ्युल–इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको उन्नत हाइब्रिड प्रणाली प्रस्तुत गरेको छ।

आधिकारिक विक्रेता कम्पनीका अनुसार साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्ट मार्फत उच्च गतिको एक्सेलेरेशन, सहज स्टार्ट–स्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन उपलब्ध गराउँछ।

विशेषगरी सहरी आवागमनका लागि उपयुक्त यो प्रणालीले सुरुवाती गति र कम स्पिडमा सहज पावर डेलिभरी प्रदान गर्छ, जसले नेपालको जस्तो बदलिँदो यातायात आवश्यकताका लागि आधुनिक र व्यवहारिक समाधान दिन्छ।

इन्धनको मूल्य बृद्धिका साथै ट्राफिक जामको समस्या पनि उत्तिकै बढ्दै गइरहेको अवस्थामा हाइब्रिड प्रविधि दैनिक आवागमनका लागि अतिनै उपर्युक्त हुने एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ । 

परम्परागत इन्जिनको विश्वसनीयतालाई स्मार्ट ब्याट्री–असिस्टेड पर्फर्मेन्ससँग संयोजन गरेर निर्माण गरिएको यस मोटरसाइकलले ६०ं किमी प्रति लिटरभन्दा बढीको माइलेज, कम सञ्चालन खर्च तथा वातावरणमैत्री राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । जुन नेपालको विविधतायुक्त भू–भागका लागि अति उपयुक्त हुने पनि कार्यक्रममा जानकारी गराइएको थियो । 

yamaha.jpg

कार्यक्रममा बोल्दै एमएडब्लू इन्टरप्राइजेजका अध्यक्ष विष्णु कुमार अग्रवालले आफूहरुले हाइब्रिड प्रविधि भित्र्याएर अझ स्मार्ट र जिम्मेवार प्रदर्शनतर्फ अघि बढिरहेको बताए । उनले भने–‘यो अनावरण नेपालमा यामाहाका लागि एक महत्वपूर्ण पाइला हो। हामी मोटरसाइकल सेगमेन्टमा हाइब्रिड प्रविधि भित्र्याएर अझ स्मार्ट र जिम्मेवार प्रदर्शनतर्फ अघि बढिरहेका छौं। यामाहा नेपाली राइडरहरूका लागि उन्नत विश्वस्तरीय प्रविधि ल्याउन प्रतिबद्ध छ।’

उनले यामाहा सधैं उन्नत र प्रमाणित प्रविधिका लागि चिनिने ब्रान्ड भएको दावी गर्दै यसको भरपर्दो फ्युल–इन्जेक्सन प्रणालीजस्ता प्रविधिहरूले नवप्रवर्तन र प्रदर्शनमा ब्रान्डको पहिचानलाई थप मजबुत बनाएको बताए।

नयाँ मोटरसाइकलमा प्रदर्शन, सुरक्षा र आरामलाई ध्यानमा राखेर विभिन्न सुविधाहरू समावेश गरिएको छ। १३५ केजी तौलको हल्का संरचनामा बनेको यो बाइकले राम्रो एजलिटी र पावर–टु–वेट अनुपात प्रदान गरेको छ । 

यसमा सिंगल च्यानल बोश एबीएस, २२० एमएम रियर डिस्क ब्रेक तथा चौडा रेडियल टायर प्रयोग गरिएकोले राम्रो पकड र स्थिरता प्रदान गर्ने कम्पनीको दावी छ । 

अनावरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यामाहाले कार्यक्रम स्थलमा विशेष ‘एक्सपिरियन्स जोन’ पनि तयार गरेको थियो, जहाँ उत्पादन प्रदर्शनीसँगै २००८ देखि २०२६ सम्मको एफ जेड सिरिजको विरासत प्रस्तुत गरिएको थियो। 

इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा राइडर लगायत विभिन्न क्षेत्रका सहभागीहरूले स्टाटिक डिस्प्लेदेखि इन्टरएक्टिभ शोकेसका माध्यमबाट मोटरसाइकलको इतिहास, विशेषता, डिजाइन र हाइब्रिड प्रविधिलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए । 

यो मोटरसाइकलमा यामाहाको मौलिक डिजाइन शैली र आधुनिक सुविधाहरू पनि समावेश छ। यसमा अलग–अलग हाई र लो बीम भएको एलईडी हेडलाइट, इन्टिग्रेटेड बडी साइडलाइट, दुई तहको सिट, परिष्कृत ध्वनिसहितको मिडशिप मफलर तथा इन्जिन अन्डर काउल समावेश गरिएको छ, जसले सुरक्षा र स्पोर्टी लुक दुवै बढाउँछ। 

साथै यसमा नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र ई–२० फ्युल अड्याप्टिबिलिटी जस्ता आधुनिक सुविधा प्रदान गरिएको छ । 

कार्यक्रममा नेपालभर रहेका १०० डिलरशिप, ९५ पूर्ण सेवा केन्द्र र ११७ आधिकारिक सेवा प्रदायकमार्फत कम्पनीले भरपर्दो आफ्टर सेल्स सर्भिस, असली स्पेयर पार्ट्सको सहज उपलब्धता र सहज स्वामित्व प्रदान गरेको जानकारी गराइएको थियो । 

कार्यक्रमको समापनमा एमएडब्लू इन्टरप्राइजेजका कार्यकारी निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले यामाहाका साझेदार र ग्राहकप्रति आभार व्यक्त गरेको थिए । 

उनले भने–‘यो उपलब्धि यामाहा परिवारको सामूहिक प्रयासको परिणाम हो। हामी सबै एकजुट भएर नेपालको यातायात भविष्यलाई आकार दिन प्रतिबद्ध छौं।’

एमएडब्लू इन्टरप्राइजेजको आजको यस उपलब्धिले यामाहाले नयाँ उत्पादन मात्र होइन, हाइब्रिडको नयाँ सेगमेन्ट नै स्थापना गर्दै प्रदर्शन, दक्षता र दिगोपनलाई नयाँ ढङ्गले परिभाषित गरेको छ। 

उद्घाटन कार्यक्रममा इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, व्यवसायिक साझेदार, डिलर तथा रोडिज ग्याङ लिडर, रेसर र ब्लू स्ट्रिक्स जस्ता यामाहा राइडिङ समुदायको सहभागिता रहेको थियो। 

त्यसैगरी, यामाहा मोटर इन्डिया सेल्सका एक्सपोर्ट मार्केटिङ जीएम राजदीप सिंह र डीजीएम बिपिन सिंह कलाकारहरु वर्षा बस्नेत र श्रीहरी पौडेललगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा यामाहाले अनुप विक्रम शाहीलाई ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ । जसले ब्रान्डको बोल्ड, स्टाइलिस र प्रदर्शनमुखी पहिचानलाई अझ सुदृढ बनाउने कम्पनीको भनाई छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077