इटहरी। एमएडब्ल्यू इन्टरप्राइजेजका अध्यक्ष विष्णु कुमार अग्रवाल ‘कोशी एक्सीलेन्स अवार्ड २०२६’ अन्तर्गत अटोमोबाइल क्षेत्र विधामा सम्मानित भएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अग्रवाललाई सम्मान गरेका हुन् । सम्मान ग्रहणपछि सम्बोधन गर्दै अग्रवालले आफूलाई उक्त अवार्ड प्राप्त हुँदा खुशी र गर्व लागेको बताए। उनले कार्यक्रमका आयोजक तथा निर्णायक समितिलाई धन्यबाद ब्यक्त गरेका थिए ।
अवार्डबाट सम्मानित भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देशप्रति निरन्तर काम गर्ने अठोट अझ दृढ भएको बताएका छन् ।
उनले लेखेका छन्–‘इटहरीमा आयोजित ‘कोशी एक्सीलेन्स अवार्ड २०२६’ मा कोशी प्रदेशका मुख्यमन्त्री माननीय श्री हिक्मत कुमार कार्की ज्यू बाट अटोमोबाइल क्षेत्र विधामा सम्मानित हुन पाउदा खुसि र गर्ब लागेको छ। म सो कार्यक्रमका आयोजक नयन मिडिया फाउन्डेसन तथा अवार्डका निर्णायक समिति लाई धन्यबाद ब्यक्त गर्दछु । यो अवसरमा म मेरो स्वर्गीय बुबा श्री प्रह्लाद राय अग्रवाल लाई सम्झन चाहन्छु, उहाँले एमएडब्ल्यूको स्थापना गरेर हामीलाई मार्गदर्शन र प्रेरणा दिनुभयो जसको कारण यो सम्भव भएको छ। यो अवार्ड पाए सँगै मलाई हाम्रा ग्राहक प्रति, स्वच्छ बाताबरण र हाम्रो देश प्रति निरन्तर काम गर्ने अठोट अझ दृढ भएको छ।’