Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्। मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले सोमबार पदबाट राजीनामा दिएकी हुन्।

सिंह नेतृत्वको सरकारमा उनी लोसपाबाट मन्त्री बनेकी थिइन्। मुख्यमन्त्री सिंहको जनमत पार्टीका साथै सरकारमा सहभागी नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन फिर्ता लिइसके पनि शिक्षामन्त्री शर्माले राजीनामा दिएकी थिइनन्।

मुख्यमन्त्री सिंहले प्रदेशसभाबाट विश्वासको मत लिने पूर्वसन्ध्यामा मन्त्री शर्माले राजीनामा दिएकी हुन्।

आफ्नै दल जनमतका साथै कांग्रेस र एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परेका छन्। उनले मंगलबार दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

मुख्यमन्त्री सिंहले विश्वासको मत लिने तयारी गरेकै बेला जनमत पार्टी विभाजित भएको छ। जनमतका तत्कालीन उपाध्यक्ष दीपककुमार साहको नेतृत्वमो नयाँ दल जनस्वराज पार्टी नेपाल दर्ताका लागि आइतबार नै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार जनमत पार्टी विभाजन गरी साहको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन परेको हो। निवेदनमा जनमत पार्टीका २० प्रतिशत केन्द्रीय सदस्यले हस्ताक्षर गरेको दाबी गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077