Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलको दाबी पेस

मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलको दाबी पेस

बुधवार , आश्विन २९, २०८२

धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल दाबी पेस गरेका छन् ।

जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीचको छलफलमा लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

मङ्गलबार सतिश कुमार सिंहले पदबाट राजिनामा घोषणा गरेसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज दिउँसो ४ बजेसम्म सरकारको लागि दाबी पेश गर्न आह्वान गरेकी छन् ।

मधेश प्रदेश सभामा का‌ंग्रेसको २२, नेकपा एमालेको २५, जनता समाजवादी पार्टी, नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ९, नेकपा माओवादी केन्द्रको ९, एकीकृत समाजवादी पार्टीका ७, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकरएक गरी १०७ जना सदस्य छन् ।

सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसद देखिएका हुन् ।

१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077