Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेसमा मन्त्री बनेकी बिच्छामाथि राप्रपाको कारबाही सिफारिस

मधेसमा मन्त्री बनेकी बिच्छामाथि राप्रपाको कारबाही सिफारिस

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । मधेस प्रदेश सरकारमा बिनाविभागीय मन्त्री बनेकी कञ्चन बिच्छा साहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सदस्यता नै खारेज गर्ने गरी कारबाही गर्न सिफारिस गरेको छ ।

बिहीबार बसेको राप्रपाको केन्द्रीय अनुशासन समितिको बैठकले बिच्छालाई सांसद पदबाट हटाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न अध्यक्ष राजेन्द्र लिङ्देनसमक्ष प्रस्ताव पठाएको हो ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, पार्टीले यसअघि नै बिच्छालाई एमालेका सरोज यादव नेतृत्वको विवादास्पद सरकारमा पार्टीसँग कुनै छलफल नगरी सहभागी भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण मागेको थियो। तर तोकिएको समयभित्र बिच्छाले जवाफ नदिएपछि कारबाहीको सिफारिस गरिएको हो।

एमाले नेतृत्वको मधेस प्रदेश सरकार विवादमा रहेको बेला बिच्छाले पार्टी निर्णयविपरीत मन्त्री पद ग्रहण गरेपछि अध्यक्ष लिङ्देनले कात्तिक २४ गते सामाजिक सञ्जालमार्फत उनलाई तत्काल फिर्ता हुन आग्रह गरेका थिए।

तर बिच्छाले उक्त आग्रह अस्वीकार गरेपछि राप्रपाले केन्द्रीय अनुशासन समितिमार्फत औपचारिक कारबाही प्रक्रिया सुरु गरेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077