Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपाले भन्यो - चुनावपछि द्वन्द्व नहोस्, अहिले नै समझदारी गरौँ

राप्रपाले भन्यो - चुनावपछि द्वन्द्व नहोस्, अहिले नै समझदारी गरौँ

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनअघि नै राष्ट्रिय समस्याको समाधानका लागि सरकार तथा राजनीतिक दलहरूबीच समझदारी कायम गर्न आग्रह गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै निर्वाचन प्रक्रियामा जानुअघि नै सहमतिको वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

राप्रपाले सबै विचार र शक्तिहरूको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन आयोजना गरी नयाँ समझदारी कायम गर्नुपर्ने माग गर्दै आएको उल्लेख गरेको छ।

पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको र विभिन्न राजनीतिक दलहरूसँग यस विषयमा वार्ता तथा विचारविमर्श जारी रहेको पनि जनाएको छ।

‘वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सबै विचार र शक्तिहरूको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गर्ने र नवीन समझदारी कायम गर्ने बारे पटकपटक आवाज उठाउँदै आएको सर्वविदित छ,’ राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिनुका साथै विभिन्न राजनीतिक दलहरूसँग यस सम्बन्धमा वार्ता र विचारविमर्श गरिरहेको छ। यथासम्भव निर्वाचन पूर्व नै राष्ट्रिय समस्याको समाधानका निम्ति समझदारी कायम गर्न सरकार र राजनीतिक दलहरूसँग फेरि पनि हामी आग्रह गर्दछौं।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077