Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा आज सकिँदै, दाबी पेस गर्दै सात दलीय गठबन्धन

मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा आज सकिँदै, दाबी पेस गर्दै सात दलीय गठबन्धन

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा आज सकिँदै छ । साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गरिसक्नुपर्नेछ ।

ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।

दाबी प्रस्तुत गर्नुअघि एमालेबाहेकको सात दलीय गठबन्धन छलफलमा जुटेको छ । सात दलीय गठबन्धनका नेता आन्तरिक छलफलमा जुटेका छन् । आज नै मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गर्ने तयारी सात दलको छ ।

मधेस प्रदेशको मुख्यमन्त्रीबारे छलफल गर्न बिहीबार सात दलको बैठक बसेको थियो । सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

सात दलले सभामुख, मुख्यमन्त्री, विभिन्न आयोगका सदस्य, मन्त्रीलगायतका विषयमा प्याकेजमै सहमति खोज्ने भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077