Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्राधिकरणलाई उद्योगहरूले तिर्न थाले महसुल, तीन उद्योगले तिरे बक्यौता किस्ता

प्राधिकरणलाई उद्योगहरूले तिर्न थाले महसुल, तीन उद्योगले तिरे बक्यौता किस्ता

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगहरूले लामो समयदेखि बाँकी रहेको प्रिमियम महसुलको रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन् ।

प्राधिकरणका अनुसार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले पछिल्लो समय किस्ताबन्दीमार्फत बक्यौता बुझाउन थालेका हुन् ।

यी उद्योगहरूले अघिल्लो वर्ष किस्ताबन्दी सुविधा लिएर केही रकम तिरे पनि गत वैशाखदेखि भुक्तानी रोकिएको थियो । तर प्राधिकरणको निरन्तर पत्राचार र सहजीकरणपछि पुनः भुक्तानी प्रक्रिया सुरु भएको हो ।

सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत् बापतको ३ करोड ७७ लाख रुपैयाँ बक्यौता रकमलाई २८ किस्तामा बुझाउने स्वीकृति लिएको थियो ।

मासिक १३ लाख ४९ हजार रुपैयाँका दरले किस्ता बुझाउने सहमति अनुसार चार किस्ता तिरेपछि उद्योगले केही समय भुक्तानी रोकेको थियो । हाल उद्योगले एकैपटक तीन किस्ताको ४० लाख ४७ हजार रुपैयाँ बुझाएर जेठसम्मको किस्ता चुक्ता गरेको छ ।

प्राधिकरणको प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख दीपक गौतमका अनुसार सम्राट सिमेन्टले असारदेखि असोजसम्म बुझाउनुपर्ने ११ किस्तामध्ये सात किस्ता बुझाइसकेको र बाँकी चार किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ तिर्न पुनः पत्राचार गरिएको छ । उद्योगले बाँकी रकम छिट्टै बुझाएर किस्ता नियमित गर्ने प्रतिबद्धता जनाएको गौतमले बताए ।

त्यस्तै, रोल्पा सिमेन्टले ९९ लाख १२ हजार रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने स्वीकृति लिएको थियो ।

उद्योगले सुरुमा ६ किस्ता तिरेर भुक्तानी रोकेको भए पनि हाल पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपटक बुझाएर नियमित किस्ता तिर्ने अवस्थामा पुगेको छ । अब उद्योगको १७ किस्ता तिर्न बाँकी छ ।

यसैबीच, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ बुझाएर बक्यौता रकम पूर्ण रूपमा चुक्ता गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077