Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीलाई स्रोत साधनले सक्षम बनाउन मन्त्रालय तत्पर छ: गृहमन्त्री अर्याल

प्रहरीलाई स्रोत साधनले सक्षम बनाउन मन्त्रालय तत्पर छ: गृहमन्त्री अर्याल

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी र उनीहरूको स्रोत साधनबिना आउँदो निर्वाचन असम्भव रहेको बताएका छन्।

७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण बनाउनेक्रममा प्रहरीलाई पनि श्रोत साधन र मनोबलका हिसावले संमृद्ध र शक्तिशाली बनाउनुपर्ने बताए।

मन्त्री अर्यालले भने- 'सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्‍याएको छ । नेपाल प्रहरी र उनीहरूको स्रोत साधन नभए निर्वाचन समेत असम्भव छ।'

उनले यस विषयमा गम्भीरताका साथ सरकारले सोचेको र प्रहरीलाई स्रोतसधानका लागि आफूहरूले काम गर्ने बताए।

२३ र २४ भदौमा भएको घटना प्रहरीका जवानहरूप्रति श्रद्धाञ्जली दिदैं मृत्यु भएकोप्रति दुस्ख व्यक्त गरे ।

जेनजी प्रर्दशनसंगै बाढीपहिरोमा केही दिनअघि अभाव, प्रभाव र दबाबका बावजुद प्रहरीले निर्वाह गरेको भुमिकाको समेत उनले प्रशंसा गरेका छन्।

अबका दिनमा स्रोत साधनले प्रहरीलाई सक्षम र प्रविधिमैत्री बनाउन मन्त्रालय तत्पर रहेको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077