झापा। झापामा ३ लाख रुपैयाँ बराबरका पटकासहित एक युवक पक्राउ परेका छन् ।
बिहिबार दिउसो अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बजार बस्ने रमेश खनाललाई प्रहरी पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले रमेशले सोही ठाउँस्थित संचालन गरेको कोल्ड सेन्टरको गोदाम तलासी गर्दा उक्त पटका फेला परेको थियो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।