Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालले टस हारेर ब्याटिङ गर्दै, करण र आरिफ खेल्दै

नेपालले टस हारेर ब्याटिङ गर्दै, करण र आरिफ खेल्दै

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेपालले आइसिसी टि-ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सामोआसँगको अन्तिम खेलमा पहिले ब्याटिङ गर्ने भएको छ।

सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो।

आजको पहिलो खेलमा जापानलाई ९ विकेटले हराएपछि ओमान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दुबैको समान ८ अंक छ रन रेटका आधारमा नेपाल शीर्ष र ओमान दोस्रो स्थानमा छ।

आजको खेल जितेमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्नेछ। छनोटका समूह चरण र सुपर सिक्समा नेपाल एक मात्र अपराजित टोली हो। आजको खेल जितेको अवस्थामा नेपालको १० अंक पुग्नेछ। सामोआले सुपर सिक्समा कुनै खेल जितेको छैन।

यसै वर्ष माघ २४ देखि फागुन २४ गते सम्म हुने टि ट्वान्टी विश्वकपका लागि जारी प्रतियोगिताबाट नेपालसँगै ओमान र युएई छनोट भइसकेका छन्।

करण, आरिफ खेल्दै

छनोटमा करण केसी र आरिफ शेख पहिलो पटक खेल्ने मौका पाएका छन्। ललित राजवंशीले पनि आज पुनरागमन गरेका छन् । अघिल्लो खेलका सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई आजको खेलमा आरम दिएको‌ छ । बाँकी ८ जना यथावत रहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077