काठमाडौं। नेपालले आईसीसी टि-२० एसिया इस्ट एसिया प्यासिफिक (इएपी) छनोटमा कुवेतसँग टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।
ओमान क्रिकेट एकेडेमी १ मा भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिंग रोजेका छन् ।
नेपालले आजको खेलमा करण केसीलाई बेच्मा राख्दा सन्दीप लामिछाने र ललितनारायण राजवंशी दुबैलाई खेलाएको छ । नेपाल र कुवेतबीच टि ट्वान्टी आईमा ३ खेल भएका छन् । नेपाल २ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ ।
कुवेतविरुद्ध नेपालको तर्फबाट प्लेइंगमा कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र सन्दीप लामिछाने रहेका छन् ।