Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विपिन जोशीको शव आइतबार नेपाल ल्याइने

विपिन जोशीको शव आइतबार नेपाल ल्याइने

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौँ । इजरायलमा हमासको आक्रमणका क्रममा निधन भएका नेपाली विद्यार्थी विपिन जोशीको शव आइतबार नेपाल ल्याइने भएको छ ।

इजरायली विदेश मन्त्रालयका अनुसार तेल अविभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार औपचारिक श्रद्धाञ्जली समारोह आयोजना गरी विपिनको शव सोही दिन नेपाल पठाइने तयारी गरिएको हो ।

समारोहमा इजरायली सरकारका अधिकारी, विश्वविद्यालयका प्रतिनिधि, नेपाली दूतावासका अधिकारी तथा नेपाली समुदायका सदस्यहरू सहभागी हुने भएका छन् । सुदूरपश्चिम प्रदेशका विद्यार्थी विपिन जोशी अध्ययनका क्रममा दक्षिण इजरायलको एक किब्बुजमा रहेका थिए।

सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएको दिन उनी हमास समूहद्वारा अपहरणमा परेका थिए। लामो समयसम्म बेपत्ता रहेका विपिनलाई दुई वर्षपछि इजरायली अधिकारीहरूले मृत घोषित गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077