Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितले दिए श्रद्धाञ्जली

विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितले दिए श्रद्धाञ्जली

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको शवमा अहिले श्रद्धाञ्जली अर्पणको कार्यक्रम चलिरहेको छ ।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् ।

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिनेछ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।

प्रधानमन्त्री कार्कीले विपीनको शवमा राष्ट्रिय झण्डा ओढाएर दिइन् श्रद्धाञ्जली

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077