Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

विपिन जोशीको परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने

विपिन जोशीको परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने

सोमवार , कार्तिक ३, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई राहत स्वरुप दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशीको परिवारलाई पनि प्रदेश सरकारले मानविय सहायता स्वरुप दुई लाख रूपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले जोशीको परिवारलाई सहयोग गन निर्णर्ये गरेको थियो ।

सरकारले त्यो बेला जोशीसहित हमासको आक्रमणमा ज्यान गुमाएका अन्य विद्यार्थीका परिवारका सदस्यतलाई पनि जनही २र२ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो।

तर सो समयमा विपीन जोशीको अवस्था अज्ञात थियो । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

विपीनको शव आज इजरायलबाट काठमाडौं आइपुगेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँगै ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लगायतले विपीनलाई श्रद्धाञ्जली दिएका छन् ।

इजरायलबाट काठमाडौं ल्याइएको शव नेपाली सेनाको स्काई ट्रकमार्फत उनको घरसम्म शव लगिने तयारीमा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077