Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२ वर्ष १३ दिनपछि विपिन जोशीको शव नेपाल आइपुग्यो

२ वर्ष १३ दिनपछि विपिन जोशीको शव नेपाल आइपुग्यो

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवक विपिन जोशीको शव उनी कब्जामा परेको २ वर्ष १३ दिनपछि नेपाल आइपुगेको छ।

फ्लाइ दुबईको विमानबाट केहीबेरअघि विपिनको शवको अवशेष नेपाल ल्याइएको अधिकारीहरूले बताएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा उपस्थित भई प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीप्रति समवेदना प्रकट गर्दै छिन्।

उक्त समारोहमा सरकारका मन्त्रीहरू, उच्च अधिकारीहरू साथै नेपालस्थित इजरेली राजदूतको पनि उपस्थिति रहने छ।

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077