Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विपिन जोशीको शव भोलि काठमाडौं आइपुग्ने

विपिन जोशीको शव भोलि काठमाडौं आइपुग्ने

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो। सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए।

त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए।

युद्धविरामपछि बन्दी साटासाट प्रक्रियामा हमासले उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको प्रमाणित भएको थियो।

सरकारले विपिन जोशीको सम्झनामा राष्ट्रिय स्तरमा सम्मानजनक श्रद्धाञ्जली कार्यक्रम गर्ने तयारी गरेको छ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077