Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको सचिवालयबाट छोरी गंगाले दिइन राजीनामा, भन्छिन्–विवादमा त पर्नैपर्ने रहेछ

प्रचण्डको सचिवालयबाट छोरी गंगाले दिइन राजीनामा, भन्छिन्–विवादमा त पर्नैपर्ने रहेछ

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् ।

उनले आइतबार सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै आफ्नो राजीनामाको घोषणा गरेकी हुन्।

आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छन् ।

उनले लेखेकी छन्- 'म बुवा (कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको निधनपछि पार्टीको निर्णयअनुसार जिम्मेवारी लिएर आएकी थिएँ। मम्मी सीता दाहाल बिरामी हुनुहुन्थ्यो, त्यसैले हेरचाहसँगै सचिवालयमा रहेर सकेसम्म निस्वार्थ भावले काम गरेँ। म गर्वका साथ भन्छु, मैले आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम गरिनँ। सहयोगीको रूपमा राम्रो गर्ने कोसिस गरेँ, तर जति विवादरहित भएर काम गर्न खोजे पनि विवादमा त पर्नैपर्ने रहेछ।'

गंगाले सचिवालयमा रहँदा सबैको भावना अनुरूप काम गर्न नसकिएको स्वीकार गर्दै आत्मआलोचना गरेकी छन्।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077