Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेरो परिवारविरुद्ध योजनाबद्ध 'मिडिया ट्रायल' चलाइयो : गंगा दाहाल

मेरो परिवारविरुद्ध योजनाबद्ध 'मिडिया ट्रायल' चलाइयो : गंगा दाहाल

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा ‘मिडिया ट्रायल’ चलाइएको आरोप लगाएकी छन् ।

सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै दाहालले युट्युब, फेसबुक र टिकटकका केही अकाउन्टमार्फत आधारहीन, भ्रामक तथा षड्यन्त्रपूर्ण सामग्री फैलाइएको दाबी गर्दै ती सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेकी छन् ।

उनले राजनीतिक पूर्वाग्रहका आधारमा सामाजिक सञ्जालको दुरुपयोग गरी आफूहरूलाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएकी छन्। साथै, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेकी छन्।

दाहालले आफ्नो भाइ प्रकाशको असामयिक निधनपछि पार्टीको निर्णयअनुसार नेतृत्वलाई सहयोग गर्दै आएको उल्लेख गर्दै व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नगरी पार्टी र नेतृत्वकै हितमा समय, ऊर्जा र क्षमता समर्पण गरेको बताएकी छन् ।

उनले पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पनि सामाजिक सञ्जालमा फैलाइएका भ्रम र दुष्प्रचारको प्रतिवाद गर्न आग्रह गरेकी छन्।

दाहालले सरकारले चाहेमा जुनसुकै छानबिन वा अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै सत्यलाई कुनै पनि भ्रमले पराजित गर्न नसक्ने दाबी गरेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077