Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

के अमरेशले प्रचण्डकी छोरीले व्यापारीसँग रकम बुझेको प्रमाण सार्वजनिक गर्लान् ?

के अमरेशले प्रचण्डकी छोरीले व्यापारीसँग रकम बुझेको प्रमाण सार्वजनिक गर्लान् ?

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । सांसद अमरेश कुमार सिंहले दुई वर्षअघि तत्कालिन प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीसँग रकम बुझेका सबै प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका थिए ।

वि.सं. २०८० मंसिर २४ गते आइतबार बिहान सामाजिक सञ्जाललमार्फत उनले यस्तो दाबी गर्दै समय आएपछी सबै प्रमाण जनता र मिडियामा लिएर जानेसमेत चेतावनी दिएका थिए ।

तर अहिलेसम्म ती प्रमाण सार्वजनिक भएका छैनन् । अब भने अमरेशले भनेको उपयुक्त समय आएको छ । हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका सिंह पुनः शक्तिको केन्द्रमा छन् ।

उता बालेन शाह नेतृत्वमा सोही दलको बहुमत सरकार बनेको र विभिन्न पुराना प्रकरणका फाइल खोल्ने क्रममा छ । सोही बेला सिंहको पुरानो अभिव्यक्ति पुनः सतहमा आएको छ । 

के अब उनले भनेको समय आएको हो ? के व्यापारीसँग रकम बुझेको प्रमाण सार्वजनिक गर्लान ? सर्वत्र चासोको विषय बनेको छ । 

सिंहले त्यसबेला फेसबुकमा लेखेका थिए, 'प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छन्, त्यो सबै प्रमाण मसँग सुरक्षित छ। समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा ल्याउनेछु ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077