Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पक्राउ पूर्जी जारी भएका भारतीय नागरिक चौधरी अमरेशको शरणमा, राजमार्गमा दैनिक ३० लाख असुली गर्नेलाई रास्वपाले संरक्षण गर्ला ?

पक्राउ पूर्जी जारी भएका भारतीय नागरिक चौधरी अमरेशको शरणमा, राजमार्गमा दैनिक ३० लाख असुली गर्नेलाई रास्वपाले संरक्षण गर्ला ?

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । राज्यका ऐन–कानूनलाई चुनौती दिंदै गैरकानूनी रुपमा राजमार्गमा दैनिक ३० लाख निकासी कर असुल्दैआएका भारतीय नागरिक बाबुनन चौधरी कलवार र रोशन चौधरी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर लागेका छन् । रास्वापाले निर्वाचनमा दुई तिहाई बहुमत ल्याएपछि चौधरीद्वय उक्त पार्टीतिर लागेका हुन् । 

विगतमा एमालेका सचिव महेश बस्नेत र आमजनता पार्टीका प्रभु साहको राजनीतिक संरक्षणमा राजमार्गमा जबर्जस्ती निकासी कर असुली गर्दैआएका  बाबुनन र रोशन सर्लाहीबाट चुनाव जितेका रास्वपाका नवनिर्वाचित सांसद अमरेशकुमार सिंहको शरणमा पुगेका छन् ।  

सिंहको घरमै पुगेर बाबुनन र रोशनले खादा लगाएर उनलाई बधाइ दिएको फोटो सामाजिक संजालमा पोष्ट गरी शक्तिको तुजुक देखाएका छन् ।  

जिल्ला प्रहरी कार्यालय रौतहटबाट झुटा विवरण पेश गरी नागरिकता लिएका बाबुनन चौधरी कलवारका बिरुद्ध गएको भदौ २ गते पक्राउ पूर्जी जारी भएको छ । 

तर, शक्तिको आडमा ६ महिनादेखि पक्राउ पर्नबाट जोगिंदैआएका बाबुनन महेश बस्नेत र प्रभु साह चुनावमा पराजीत भएको र रास्वपाको उदय भएपछि अमरेशको शरणमा पुगेका हुन् । समानुपातिक निर्वाचन परिणाम निर्वाचन आयोेगबाट सार्वजनिक भएकै दिन बिहीबार बाबुनन र रोशन चौधरी अमरेशको निवास ललितपुर भैंसेपाटीमै पुगेर उनलाई बधाइ दिएको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।         

बाबुनन र रोशनले राज्यका निकायलाई कर असुलीमा अवरोध गर्न अदालतलाई समेत गुमराहमा पारी दुरुपयोग गर्दैआएका छन् । जसका कारण राज्यले दैनिक ठूलो रकम कर गुमाइरहेको छ ।  

रास्वपालाई जनताले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि मत दिएका हुन् । तर, प्रहरीदेखि राजनीतिक आडमा दैनिक ३० लाख निकासी कर गैरकानूनी रुपमा असुल्ने विवादित भारतीय नागरिक बाबुनन र रोशन चौधरीले आफ्नो ब्रम्हलुटलाई यथावत राख्न अमरेशको शरणमा पुगेको  स्रोत बतउँछ । 

धादिङको धुनिबेसी नगरपालिकाको मात्र कवाडी कर संकलनको ठेक्का लिएको रोशन र बाबुननको आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्नले काठमाडौंबाट कवाडी बोकेर वाने गरेका बीसौं ट्रकसँग प्रतिट्रक ४० हजार रुपैयाँसम्म लिने गरेका छन् । 

पैसा नदिने कवाडीका गाडीलाई रोशनले राखेका करिब १ सयभन्दा बढी गुण्डा लगाएर रोक्ने, कुटपिट गर्ने गरी जबर्जस्ती असुल्ने गरेको आरोप छ । दैनिक ३० लाख निकासी कर गैरकानूनी रुपमा असुल्दैआएका रोशन र बाबुननले सबैलाई पल्सर मोटरसाइकल दिएर जबर्जस्ती असुलीमा लगाएका छन् । 

ललितपुरदेखि धादिङका प्रहरी र प्रशासन मिलाएर दैनिक ३० लाख निकासी कर असुली गर्दा पनि राज्य निरीह बनिरहेको छ । विगतमा महेश बस्नेत र प्रभु साहको आडमा यस्तो लुट मच्चाउँदैआएका भारतीय नागरिक बाबुनन र रोशनले यो लुटलाई जारी राख्न रास्वपाका अमरेशकुमार सिंहसँग कनेक्सन मिलाएको स्रोत बताउँछ । 

रोशन र बाबुननको समूहले काठमाडौं, ललितपुरका धर्मकाँटा छेउमा बसी धुनिबेसीको रसिदमा गैरकानूनी रुपमा कर उठाउने गरेका छन् । ललितपुरदेखि धादिङ प्रहरी प्रशासन सबै रोशनको सेटिङमा मौन रहँदैआएका छन् । 

सर्वोच्च अदालतले कवाडी संकलन गर्ने ब्यवसायीले अनिवार्य रुपमा कुनै एक स्थानीय तहमा राजस्व तिर्नैपर्ने, नतिरेको खण्डमा अर्को स्थानीय तहले लिन पाउने फैसला गरेको छ । रोशन चौधरीले काठमाडौं र ललितपुर जिल्लाका स्थानीय तहमा कवाडीको ठेक्का अवरुद्ध गर्न अदालतलाई दुरुपयोग गर्दैआएका छन् । जसका कारण सम्बन्धित स्थानीय तहले प्रतिदिन ठूलो रकम राजस्व गुमाइरहेका छन् । 

pakrau purji.jpg

रोशन र बाबुननकै कारण ललितपुर महानगरपालिकाले मात्र बार्षिक १६ करोड कवाडी कर गुमाउनुपरेको छ । अदालतमा मुद्दामामिला गरेर ललितपुर महानगरपालिकालाई ठेक्का नै लगाउन दिइएको छैन । 

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पटक–पटक अदालतमा न्यायाधीशसामु कवाडी करको ठेक्का प्रक्रियामा अवरोध नगर्न भन्दा पनि रोशन र बाबुननको प्रभावले गर्दा उल्टै टेण्डर नै नगर्ने अनौठो आदेश उच्च अदालत पाटनबाट दिइएको छ । शम्भु थापा, दीपेन्द्र झा जस्ता महंगा कानून ब्यवसायीको मद्दतमा चौधरीले कवाडीको ठेक्कामा अवरोध गरी राज्यलाई करोडौं नोक्सान पार्ने काम गरेका छन् । 

नेपालमा सबै निकायमा सेटिङ गरी दैनिक ३० लाख गैरकानूनी निकासी कर रोशन चौधरीका बाबु बाबुनन चौधरीको भारतीय नागरिकताका बारेमा

परेको उजुरीमा यसअघि प्रभु साहले रौतहत जिल्ला प्रशासन कार्यालयमा र महेश बस्नेतले गृहमन्त्रालयमार्फत् छानबिन रोक्दैआएका थिए ।

तर रौतहट जिल्ला प्रशासन कार्यालयले गएको भदौ २ गते बाबुनन चौधरीले झुटा विवरण पेश गरी भारतीय नागरिकता लिएको बारेमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरेको थियो ।

रोशन चौधरी र बाबुनन चौधरीले विगतमा  महेश बस्नेत र प्रभु साह प्रयोग गरी पक्राउबाट जोगिंदैआएकोमा अब उनीहरु शक्तिहीन भएकाले अमरेशकुमार सिंहसँग कनेक्सन मिलाएर बच्ने उपाय खोजेको स्रोत बताउँछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077