Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गगन थापाको क्षेत्रमा अमरेशका लागि आज भोट माग्न जाँदै रवि लामिछाने

गगन थापाको क्षेत्रमा अमरेशका लागि आज भोट माग्न जाँदै रवि लामिछाने

बुधवार , फाल्गुण १३, २०८२

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा चुनावी प्रचारप्रसारका लागि जाँदैछन् ।

उक्त क्षेत्रमा पार्टीका उम्मेदवार अमरेश कुमार सिंहको पक्षमा जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ ।

सोही क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगन कुमार थापा पनि उम्मेदवार रहेकाले क्षेत्र नं. ४ मा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

थापा र सिंहबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको यस क्षेत्रमा लामिछाने अमरेशको पक्षमा माहोल बनाउन पुग्न लागेका हुन् ।

उम्मेदवार सिंहका अनुसार लामिछानेले क्षेत्रका विभिन्न बजार क्षेत्रमा मतदातासँग भेटघाट तथा संवाद गर्ने कार्यक्रम तय भएको छ ।

निर्धारित तालिकाअनुसार गोडैता बजारमा दिउँसो ३ः२० बजे, बलरा बजारमा ३ः३५ बजे, सिसौट बजारमा ३ः५५ बजे, धनकौल बजारमा ४ः०५ बजे र बरहथवा बजारमा ४ः१५ बजे जनसम्पर्क कार्यक्रम राखिएको छ।

कार्यक्रमका क्रममा लामिछानेले पार्टीको चुनाव चिह्न ‘घण्टी’को प्रचार गर्दै मतदातासँग प्रत्यक्ष संवाद गर्ने जनाइएको छ।

सर्लाही–४ मा चुनावी गतिविधि दिनानुदिन तीव्र बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरू नै मैदानमा उत्रिएपछि प्रतिस्पर्धा थप रोचक बनेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077