काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निजी निवास अगाडि सोमबार बिहानदेखि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको भेटिएको छ ।
स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी बिहान करिब ७ बजेदेखि निवास अगाडि यसरी पार्किङ गरिएको छ ।
त्यसले मोटरसाइकलसमेत आवतजावत गर्न कठिन हुने अवस्था सिर्जना गरेको छ । त्यो गाडी कसको हो भन्ने खुलेको छैन ।
यसअघि सोमबार बिहान नै अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि यस्तै शैलीमा शंकास्पद गाडी पार्किङ गरिएको थियो।
ती गाडीहरूलाई प्रहरीले तत्काल क्रेनको सहायता लिएर हटाएको थियो।