Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

काम अधुरै छाड्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काम अधुरै छाड्ने ६ निर्माण कम्पनी कालोसूचीमा

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगर्ने ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न सरकारी निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३९१० बमोजिम ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाएको हो ।

कालोसूचीमा परेका कम्पनीहरू अब तोकिएको अवधिसम्म कुनै पनि सरकारी निकायको खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

कालोसूचीमा पर्ने निर्माण कम्पनीहरूमा सरोज कन्स्ट्रक्सन (सुनसरी), आरोग्य कन्स्ट्रक्सन प्रालि (ललितपुर), शान्ति निर्माण सेवा प्रालि (ललितपुर), क्रेटर कन्स्ट्रक्सन प्रालि (भक्तपुर), कृष्टल एण्ड श्रवण निर्माण सेवा (काठमाडौं) र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि (हेटौँडा) रहेका छन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार ती कम्पनीहरूले जिम्मा लिएका आयोजना तोकिएको समयभित्र सम्पन्न नगरेको तथा सम्झौताअनुसार दायित्व पूरा नगरेकाले सम्बन्धित निकायको सिफारिसमा कालोसूचीमा राख्ने निर्णय गरिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077