Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा, सार्वजनिक खरिदमा सहभागी हुन निषेध

२३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा, सार्वजनिक खरिदमा सहभागी हुन निषेध

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौँ । सरकारले २३ निर्माण कम्पनी र आपूर्तिकर्ता फर्महरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

कार्यालयका अनुसार, असोज २९ गतेको निर्णयका आधारमा सूचना प्रकाशित भएको मितिदेखि नै यो निर्णय लागू हुनेछ।

कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई अबदेखि सार्वजनिक निकायहरूले सञ्चालन गर्ने कुनै पनि खरिद प्रक्रिया वा ठेक्का कार्यमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

कार्यालयले सार्वजनिक खरिद ऐन र नियमावली उल्लङ्घन गर्ने, सम्झौता तोड्ने वा काम समयमा सम्पन्न नगर्ने कम्पनीहरूलाई कालोसूचीमा राखिएको बताएको छ।

kkk

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077