Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लक्ष्मीपूजामा देशभर १६५० मेगावाट बिजुली खपत, गत वर्षभन्दा बढी माग

लक्ष्मीपूजामा देशभर १६५० मेगावाट बिजुली खपत, गत वर्षभन्दा बढी माग

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको साँझ देशभर विद्युत् खपत १६५० मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यो मात्रा सामान्य दिनको तुलनामा निकै उच्च हो ।

प्राधिकरणको प्रणालीमा सोही समयमा कुल प्रणाली माग २६६५ मेगावाट पुगेको र त्यसमध्ये १०१५ मेगावाट विद्युत् भारततर्फ निर्यात भइरहेको जनाएको छ ।

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन घर–घरमा बत्ती बाल्ने, सजावट गर्ने र धार्मिक क्रियाकलापका कारण विद्युत् खपतमा उल्लेख्य वृद्धि हुने गर्छ।

गत वर्षको लक्ष्मीपूजामा विद्युत् खपत १६०५ मेगावाट पुगेको थियो। यस वर्ष भने त्यसभन्दा ४५ मेगावाट बढी बिजुली प्रयोग भएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

उनका अनुसार, उद्योगहरू अधिकांश बन्द भए पनि घर–घरमा दीप, लाइट र बत्तीको झिलिमिलीका कारण कुल खपत बढेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077