उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका सुनकोसी नदीमा बेपत्ता भएकी छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय अर्जुन तामाङको सात वर्षीया छोरी अनुसा डुबेर बेपत्ता भएकी हुन् ।
त्रिनपा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार, सोमबार दिउँसो साथीहरूसँग सुनकोसीमा नुहाउन गएकी अनुसा पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएकी हुन् ।
घटनालगत्तै प्रहरीलाई खबर गरेकामा खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए ।