Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन, तीन जनाको सकुशल उद्धार

शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन, तीन जनाको सकुशल उद्धार

सोमवार , श्रावण ४, २०८३

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न प्रवेश गरेका १७ जनामध्ये तीन जनाको सकुशल उद्धार गरिएको छ भने १४ जना महिला अझै सम्पर्कविहीन रहेका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसी नेतृत्वको टोलीले सोमबार बिहान बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई निकुञ्जभित्रबाट सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको नेपाली सेनाले जनाएको छ।

उनीहरूलाई निकुञ्जभित्र रहेको लल्लेरी पोस्टबाट करिब चार किलोमिटर टाढा फेला पारिएको थियो। सेनाका अनुसार तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए।

यसैबीच, भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका १४ जना महिलाको समूह अझै सम्पर्कविहीन रहेको छ।

रणसिंह दल गणका अनुसार उनीहरूको खोजीका लागि ठूलो संख्यामा सैनिक टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि सम्पर्कविहीन महिलाहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077