काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
जल तथा मौसम विभागका अनुसार आज मंगलबार दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।
कोशी, कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभरको मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।