Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले निर्वाचनको उचित वातावरण बनाए कांग्रेस सहभागी हुन्छ: कार्यवाहक सभापति खड्का

सरकारले निर्वाचनको उचित वातावरण बनाए कांग्रेस सहभागी हुन्छ: कार्यवाहक सभापति खड्का

मंगलवार , कार्तिक ४, २०८२

सुर्खेत । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन्।

मंगलबार सुर्खेतमा त्यहाँका पार्टी पूर्वसभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले चुनावका निम्ति बन्नुपर्ने सबै वातावरण बने कांग्रेस निर्वाचनमा जान तयार रहेको बताएका हुन् ।

सरकारले चुनाव गराउने भए पवित्र उद्देश्यसहित ‘जेनजी’ले गरेको प्रदर्शनमा घुसपैठ गरेर लुटिएका हतियारहरू फिर्ता, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउनुपर्नेमा उनले जोड दिए ।

उनले भने- 'हामी कुनै पनि खालको कानुनी प्रक्रियाबाट हुने छानबिन अनुसन्धानहरूमा खुल्ला छौँ । तर सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सृजना गर्ने, अनेक लाञ्छना लगाउनेलगायतका कार्यहरू भइरहेको छन्। यसतर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।'

कावा सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छाडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने, भ्रम सिर्जना गर्ने र अन्योल बढाउने काममा लागेको आरोप लगाए ।

हालसम्म सरकारले चुनाव गराउने भरपर्दो काम नगरेको कावा सभापति खड्काको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077