Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मुस्ताङमा लेक लागेर तिर्थालुको मृत्यु

मुस्ताङमा लेक लागेर तिर्थालुको मृत्यु

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । मुस्ताङमा लेक लागेर एक जना तिर्थालुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका-१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका-२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए ।

उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो । तिमिल्सिनाको आज मृत्यु भएको हो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077