Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ओलीको प्रशंसा गर्नु मेरो गल्ती भयो : प्रकाश सपुत

ओलीको प्रशंसा गर्नु मेरो गल्ती भयो : प्रकाश सपुत

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन्।

आफ्नो नयाँ चलचित्र ‘सोल्टिनी’ को प्रचारका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले यो आत्मस्वीकारोक्ति दिएका हुन्।

यसअघि, आफ्नो अघिल्लो चलचित्र ‘वसन्त’ सार्वजनिक हुनुअघि सपुतले एक कार्यक्रममा ओलीप्रति उच्च सम्मान व्यक्त गर्दै भनेका थिए — 'संघर्ष गरेर माथि उठ्नेहरूको लागि केपी ओलीको जीवन प्रेरणादायी छ।'

तर, उनको उक्त भनाइले सामाजिक सञ्जालमा ठूलो विवाद सिर्जना गर्‍यो। धेरैले उनलाई राजनीतिक रूपमा पक्षपाती भएको आरोप लगाए, केही दर्शकहरूले त उनको चलचित्र नै बहिष्कार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

उक्त विवादपछि ‘वसन्त’ ले अपेक्षित व्यापारिक सफलता पाउन सकेन।

त्यही प्रसङ्ग दोहोरिँदै ‘सोल्टिनी’ को प्रचार कार्यक्रममा एक पत्रकारले प्रश्न गरे — 'केपी शर्मा ओलीको प्रशंसा गर्नु गलत भयो ?' जवाफमा सपुतले छोटकरीमा भने, 'गलत भयो।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077