Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको नेपालकै एकमात्र स्काइवाक टावरमा सेवा लिंदा २५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंक र स्काइवाक टावर सञ्चालन गर्दै आएको वन्डर्स नेपाल प्रालिबीच सम्झौता सम्पन्न भएसँगै एनआईसीका ग्राहकहरुले उक्त सुविधा पाउने भएका हुन् ।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।’

यो सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जननाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077