Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मंसिर ७ देखि देशव्यापी आन्दोलन थाल्ने दुर्गा प्रसाईँको घोषणा, प्रहरीलाई बिदा बस्न अनुरोध

मंसिर ७ देखि देशव्यापी आन्दोलन थाल्ने दुर्गा प्रसाईँको घोषणा, प्रहरीलाई बिदा बस्न अनुरोध

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ’ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने बताएका हुन् ।

प्रसाईंका अनुसार यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा हुनेछ।

प्रसाईंले भने- 'यो दिन दिल्लीमा दलहरू र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता भएको थियो। त्यही १२ बुँदे सहमतिका कारण देशमा राजसंस्था गयो, हिन्दु अधिराज्य गयो, र आज नेपाली नागरिक विदेश गएर देश खाली भएको तथा विदेशीहरूको इसारामा एनजीओ र आईएनजीओका सरकारहरू चलेको छ।'

मंसिर ७ गते दिल्लीमा दलहरू र माओवादीबीच १२ बुँदे सम्झौताका कारण मुलुक अप्ठ्यारो अवस्थामा आइपुगेको जिकिर गर्दै उनले मंसिर ७ गतेदेखि नै आन्दोलन सुरू गर्न लागेको बताए ।

उनले सबै नेपाली नागरिकलाई यो व्यवस्था परिवर्तन गर्न आह्वान गर्दै मङ्सिर ७ गतेको आन्दोलनको लागि तयार रहन आग्रह गरे।

उनले आन्दोलन लगभग २० दिनपछि सुरु हुने भएकाले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न सूचित गरेका छन्। । उनले निजामती कर्मचारी र प्रहरीलाई पनि मङ्सिर ७ गतेदेखि बिदा बस्न समेत अनुरोध गरेका छन्।

उनले चैत १५ गतेको घटनामा पनि घुसपैठ भएको दाबी गर्दै आफ्नो अभियानको उद्देश्य कसैको घर जलाउने नभएको स्पष्ट पारे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077