Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावपछि मात्रै छुट्ने भए दुर्गा प्रसाईं

चुनावपछि मात्रै छुट्ने भए दुर्गा प्रसाईं

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न अदालले अनुमति दिइएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । 

प्रहरीले आइतबार बिहान प्रसाईंलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित गराएको थियो । हाल उनीविरुद्ध सार्वजनिक शान्ति खलल पुर्‍याएको आरोपमा अनुसन्धान अघि बढाइएको छ ।

यसअघि प्रसाईंलाई सर्वोच्च अदालतको आदेशअनुसार प्रसाईं फागुन १३ गते रिहा भएका थिए। पछिल्लो समय निर्वाचन प्रक्रिया बिथोल्ने गतिविधिमा संलग्न हुनसक्ने आशङ्काका आधारमा प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशमा पुनः रिहा गर्ने अवस्था दोहोरिँदै आएको जनाइएको छ ।

आजको चार दिनपछि अर्थात फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । तर, प्रसाईंलाई भने पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077