Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनले प्रधानमन्त्री कार्कीको प्रसंशा गरेलगत्तै  हिरासतबाट प्रसाईले भने-पश्चिमाको डिजाइनमा भएको चुनाव मान्य छैन

बालेनले प्रधानमन्त्री कार्कीको प्रसंशा गरेलगत्तै  हिरासतबाट प्रसाईले भने-पश्चिमाको डिजाइनमा भएको चुनाव मान्य छैन

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री कार्कीलाई आमा भनेर सम्बोधन गर्दै ‘आज लोकतन्त्रल जितेको छ भन्दै स्टाटस लेख्ने वित्तिकै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आज सम्पन्न आमनिर्वाचनलाई नमान्ने बताएका छन् ।

हिरासतभित्रै रहेका बेला उनको फेसबुक अकाउन्टबाट यस्तो स्टाटस पोस्ट भएको हो । 

राजावादी अभियन्ता प्रसाईंको फोसबुक स्टाटसमा भनिएको छ–‘ज्यानमारा, भ्रष्ट, सिंहदरबारदेखि सम्मानित सर्वोच्च अदालतसम्म आगो लगाउने, सहकारी ठगीमा संलग्न गिरोह, ७५ जना बालबालिकाको ज्यान जाने अवस्था सिर्जना गर्ने र खर्बौँको सम्पत्ति नष्ट गर्ने गिरोहहरूले पश्चिमाको डिजाइनमा देश र नागरिकलाई रुवाएर जबरजस्ती थोपरेको यो चुनाव हामीलाई मान्य छैन । आज भ्रष्ट ठगहरूले जितेको र देशले हारेको कालो दिन हो ।’

एक जना राष्ट्रवादी व्यक्तिसँग डराएर थुनेर गरिएको चुनावको हिसाब–किताब एक दिन अवश्य हुने उनको चेतावनी समेत दिएका छन् ।

त्यसको केही समय अघि मात्रै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री कार्कीलाई आमा भनेर सम्बोधन गर्दै निर्वाचन गराउन सफल भएकोमा आभार व्यक्त गरेका थिए । 

निर्वाचन सकिएलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले आभार दर्शाएका हुन् ।

बालेनले सुशीलालाई ‘आमा’ सम्वोधन गर्दै लेखेका छन्,–‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077