Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध : काभ्रेका दर्जनौं ठाउँमा पहिरो, सवारी रोकिए

अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध : काभ्रेका दर्जनौं ठाउँमा पहिरो, सवारी रोकिए

शुक्रवार , कार्तिक १४, २०८२

काभ्रे । अविरल वर्षाका कारण काभ्रे जिल्लाभित्रको बीपी राजमार्गका धेरै स्थानमा पहिरो खसेपछि सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

राजमार्गअन्तर्गत चौकीडाँडा, चारसयबेसी, डालाबेसी, बिरुवाडाँडा, बोक्सीकुना र नार्केसहित करिब आधा दर्जन स्थानमा पहिरो तथा लेदो बग्दा दुईतर्फी सवारी सञ्चालन ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए ।

डीएसपी विष्टका अनुसार निरन्तर वर्षा भइरहेकोले ठाउँ–ठाउँमा बाटो धमिलो बनेको छ र पहिरो झर्ने क्रम पनि रोकिएको छैन । उनले यात्रुहरूलाई अनावश्यक जोखिम नलिई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेका छन् ।

सडक विभागका सुपरीभाइजर चन्द्रबहादुर लामाका अनुसार पहिरो पन्छाउने कार्य सुरु गरिए पनि निरन्तर वर्षाका कारण काममा कठिनाइ भइरहेको छ ।

'६–७ स्थानमा सडक पूर्ण अवरुद्ध छ । पानी कम भए तत्काल खुलाउने प्रयासमा छौं,' उनले बताए ।

राजमार्ग अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरू धुलिखेल र काभ्रे भञ्ज्याङ क्षेत्रमा रोकिएका छन् भने सिन्धुली हुँदै काठमाडौं फर्किने सवारी नेपालथोक र मंगलटारमा रोकिएका जिल्ला ट्राफिक प्रहरी निरीक्षक सुनिल धुजुले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077